आजदेखि ओलम्पिक

सपनाको सहर हो, पेरिस । आइफल टावरलाई नै हेरौं न । दशकौंदेखि यो सबैभन्दा बुलन्द बनावट रहेको छ । फ्रान्सको राजधानी रहेको पेरिसले एक शताब्दीको अन्तरमा पहिलो पटक ओलम्पिक आयोजना गर्दै छ । शुक्रबार रहेको छ, उद्घाटन समारोह । यो पनि कस्तोभन्दा यसअघि कहिल्यै नदेखिएको । यसलाई त ओलम्पिक इतिहासमै अचम्मको उ्दघाटनभन्दा हुन्छ । किनभने यो समारोह हुनेछ, पेरिस भएर बग्ने प्रसिद्ध सेन नदीमा । फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्यार्क्रोलाई भने उद्घाटन समारोह अनौठो लागेको छ । तर, यही ओलम्पिक १६ दिन चल्नेछ । यसक्रममा अविश्वसनीय प्रतिस्पर्धाहरू हुने विश्वास छ । पेरिस सहरका लगभग सबै कुनामा कुनै न कुनै खेल हुनेछ । यसअघिको ओलम्पिक महामारीको सिकार बनेको थियो । त्यसैले यसपल्टको ओलम्पिकमा खुसीयालीको कुनै सीमा हुने छैन । खासमा यो त विश्व खेलकुदसँग फ्रान्सको प्रसिद्ध फेसन, मीठो खाना अनि संस्कृतिको संगम जोडिनेछ ।

 

यही ओलम्पिकले सम्भवतः विश्व खेलकुदको महाकुम्भको भविष्य पनि निर्धारण गर्नेछ । यसको कारण हो, अब त ओलम्पिकका लागि उपयुक्त आयोजक सहर खोज्न पनि गाह्रो हुन थालेको छ । सन् २०१७ मा पेरिसलाई अहिलेको ओलम्पिक आयोजनाको जिम्मेवारी दिँदा वाचा गरिएको थियो, यस संस्करणका क्रममा केही न केही नयाँ र नौलो हुनेछ । त्यसै पनि पेरिस प्रेमको प्रतीक पनि हो, त्यसैले यो ओलम्पिकले नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास छ । तब पेरिस ओलम्पिकमाथि ठूलै अपेक्षा पनि छ । पेरिस सहरमाथि पछिल्लो समय शृंखलाबद्ध आतंककारी आक्रमण पनि भएका छन् । त्यसैले १० हजार ५ सय खेलाडी तथा तिनका खेल हेर्न आउने दसौं लाख पाहुनाको सुरक्षा सबैभन्दा ठूलो चुनौती हुनेछ । त्यसमाथि अहिले विश्व राजनीति नै खलबलिएको छ, युक्रेन तथा गाजामा चलिरहेको युद्धका कारण । त्यसैले पनि ओलम्पिकका लागि सुरक्षा व्यवस्था आफैंमा चुनौतीपूर्ण बनेको छ । फ्रान्सले इजरायली प्रतिनिधिका लागि त विशेष सुरक्षाव्यवस्था नै गर्नेछ ।

 

यदि प्रतियोगिता राम्रोसँग चल्ने हो भने यो सम्झनलायक हुनेछ । यसको पहिलो कारण हो, यसमा सहभागी पुरुष र महिलाको संख्या लगभग बराबर नै । ओलम्पिकको इतिहास आफैंमा १ सय २४ वर्ष पुरानो छ, तर भर्खर अहिले आएर समानताको नारा पूरा हुन लागेको छ । योमात्र होइन, यस ओलम्पिकले प्रतियोगिताका क्रममा ‘मी टु’ नारालाई फेरि ब्युँत्याउन खोजेको छ । नत्र यो नारा आफैंमा कमजोर हुन थालेको थियो । यस्तै यस ओलम्पिकले प्रकृतिप्रति असाध्यै सजग पुस्ता तयार हुने विश्वास पनि गरेको छ । किनभने प्रतियोगिताका क्रममा सकेसम्म कम प्रदूषण गर्न पर्याप्त ध्यान दिइएको छ । प्रतियोगिताका लागि प्रयोग हुने अधिकांश खेलस्थल त्यही समयका लागि हुनेछ । पेरिसले यसअघिका ओलम्पिकको जस्तो भुल गर्ने छैन । यो कस्तो भुलभन्दा ओलम्पिकका लागि निकै महँगो भौतिक पूर्वाधारको निर्माण गर्ने, तर प्रतियोगितापछि यसको कुनै प्रयोग नआउने ।

आइफल टावरकै छेउमा बिच भलिबल आयोजना हुनेछ । यसको मुख्य उद्देश्य भनेको नै नयाँ दर्शकलाई तान्न हुनेछ । यस्तै प्रतियोगिताको सनसनी इन्स्ट्राग्राम, टिकटक र अन्य सामाजिक सञ्जालमा देख्न पाइनेछ । सन् २०२१ को टोकियो ओलम्पिकमा लगभग दर्शक नै नभएको स्थिति थियो । यस्तोमा यसपल्ट दर्शकको ओलम्पिकमा पुनरागमन हुँदै छ । सन् २०२२ को शीतकालीन ओलम्पिक पनि चीनमा लकडाउनकै स्थितिमा भएको थियो । धेरै अवार्ड जितिसकेका फ्रान्सेली थिएटर निर्देशक थोमस जोलीले पूरा पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरेका छन् । यसक्रममा देखाउने प्रयास गरिनेछ, फ्रान्सेली जनता र यसको इतिहास । त्यसमध्ये सबैभन्दा बढी आकर्षण त ३ सय ३० मिनेट अग्लो आइफल टावर नै हुनेछ । कम्तीमा पनि ३ लाख २० हजार दर्शकले प्रत्यक्ष उद्घाटन समारोह हेर्नेछन् । सहभागी खेलाडीको परेड यही सेन नदीमाथि अगाडि बढ्ने ढुंगामा हुनेछ । यसबीच १ सय ५० किलोमिटरको क्षेत्रको पेरिसको आकाश ‘नो फ्लाई जोन’ हुनेछ ।

सन् २०१५ मै मात्र पेरिसमा घातक आतंककारी आक्रमण भएको थियो । यसको पीडा अझै देख्न सकिन्छ । यस्तोमा ओलम्पिक दीप प्रज्ज्वलित गर्ने काम कसले गर्नेछ त ? जिनेदिन जिदान वा अन्य केही फ्रान्सेली खेल नायक अथवा त्यही आतंककारी आत्मघाती आक्रमणमा ज्यान गुमाउनेको परिवार पनि हुन सक्नेछ । नोभेम्बर १३ को त्यस घटनामा १ सय ३० को मृत्यु भएको थियो । इस्लामिक स्टेटले आत्मघाती बम विष्फोटन गराएका थिए त्यतिबेला । सुरक्षाका लागि ४५ हजार प्रहरी तैनाथ हुनेछन् । सँगै हुनेछन् दस हजार सेना । कुल ३२ खेलको ३ सय २९ विधामा प्रतिस्पर्धा हुनेछ । पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि हुनेछ । प्रतियोगिताका क्रममा सेन नदीलाई पूर्ण सुरक्षामा राखिनेछ । भौतिक पूर्वाधारमा कमै मात्र लगानी भएको हुनाले पेरिस ओलम्पिकका आयोजकले खासै खर्च गर्नुपरेको छैन, लन्डन २०१२ र रियो दी जेनेरियो २०१६ को ओलम्पिकको तुलनामा ।

केही हातमा गन्न मिल्ने नयाँ भौतिक पूर्वाधारमा बनाइएका छन् । आयोजकको विश्वास छ, पेरिस ओलम्पिकको प्रभाव धेरै लामो समयसम्म कायम रहनेछ । प्रतियोगिताका कुल लागत ९ अर्ब युरो रहेको छ । त्यसमध्ये आधा त प्रायोजक, टिकट बिक्री र निजी क्षेत्रको कोषबाटै पूर्ति हुनेछ । टोकियो, रियो र लन्डनको तुलनामा पेरिसको खर्च आफैंमा कम छ । अब त उद्घाटन समारोहमा प्रयोग हुने आतिसबाजी सम्झनामै मात्र सीमित छ । त्यसैले पेरिस आफैं प्रकाशको सहरका रूपमा चम्किरहने छ ।