लक्ष्मी आचार्यको “चॉदीका जन्तरा” देउडा गीत सार्वजनिक

गायिका लक्ष्मी आचार्यको नयॉ देउडा गीत सार्वजनिक भएको छ । “चॉदीका जन्तरा” बोलको यो गीतमा लक्ष्मीको स्वर निकै खुलेको छ ।उनलाई गीतमा साथ दिएका छन् गायक सुरज पण्डितले । युगल गायनमा दुवै खुलेका छन् । शब्द लेख्न र संगीत गर्न पनि सिपालु सुरजले यो गीतमा निकै राम्रो मेलोडी र शब्द चयन गरेका छन् । कृष्ण बाजुरालीले पनि निकै राम्रो संगीत संयोजन गरेका छन् ।

बाध्य संयोजन पनि निकै मिठो सुनिएको छ । संजीव बराईली र सरोज विष्टले गीटार निकै राम्रो खेलाएका छन् । पश्चिमी बाजा भए पनि गीटारबाट नेपाली मनको धुन निकाल्न सफल भएका छन् । रत्न विकले बाँसुरी निकै मिठो बजाएका छन् । हेमन्त कान्छा रसाईलीले सारंगीबाट मन छुने धुन निकालिदिएका छन् । रिदम सेक्सनमा भुवन गन्धर्वले पनि तारिफ योग्य काम गरेका छन् ।

म्युजिक भिडियोमा पनि जेरी भण्डारीले निकै मिठो कथा पस्केकी छिन् । लक्ष्मी आचार्य . सिबुजी, महेश जैसी र पैसा घिमिरेलाई निकै राम्रो अभिनय गराउन सफल भएकी छिन् । दिनेश पराजुलीले निकै राम्रोसंग दृश्य खिचेका छन् । मनोज कार्कीले राम्रो संपादन गरेका छन् ।समग्रमा सबै पक्ष मिलेकाले गीत निकै राम्रो बनेको छ । देउडा गीत नेपाली संस्कृतिमा निकै महत्व राख्छ । यो गीतले पनि नेपाली देउडा गीतको एउटा मानक बनाएको छ ।