गायक प्रेम रावत र गायिका लक्ष्मी परियारको ”अधिकार ”

नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियारको लोकदोहोरी गीत बजारमा आएको छ ।  जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ  । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट  शब्द तथा गायक प्रेम रावतको  लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “अधिकार ” गीतको निर्देशन वविता  श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ  र विमल अधिकारी र बालकलाकारको भुमिकामा आरब श्रेष्ठको अभिनय  गरेका छन । “अधिकार” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने  सम्पादन अविनास डिसीले गरेका छन
https://www.youtube.com/watch?v=63CWK9CO7lA&authuser=0