अभिनेत्री पूजा शर्माले जन्मदिन पारेर ‘रामकहानी’को पहिलो गीत सार्वजनिक

   

वैशाख १७ गतेअभिनेत्री पूजा शर्माले जन्मदिन पारेर उनले आफ्नो आगामी फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन्।नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको दोश्रो चलचित्र ‘रामकहानी’मा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज छ ।‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेउ’ बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ । गीतमा चलचित्रका मुख्य नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रका अन्य मुख्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।गीतका कोरियोग्राफर भने कविराज गहतराज हुन् । गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो ।भदौ २२ गतेबाट रिलिज हुने चलचित्रको यो गीतको छायांकन धुर्मुस–सुन्तलीद्वारा निर्मित सन्तपुर वस्तिमा गरिएको छ । कोरियोग्राफर कविराज गहतराजले अत्यधिक संख्यामा कोरस डान्सर प्रयोग गरेका छन् । आकाश र पुजाको केमेस्ट्री जमेको छ । सौरभ लामाले भिडियोलाई आकर्षक तरिकाले खिचेका छन् । सुदर्शन थापाको चलचित्रमा कथा तथा निर्देशन छ ।