२०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो ।

पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो । नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो ।



