एसियाली खेलकुदमा नेपालको सहभागिताको इतिहास हेर्दा पछिल्ला संस्करणमा खेलाडी संख्या र खेलको दायरा बढ्दै गएको देखिन्छ । सन् २०१० यताको तथ्याङ्कले यही भन्छ । सन् २०१० को ग्वाङ्झाउ एसियाडमा नेपालले २० खेलमा १४० खेलाडी सहभागी गराएको थियो । चार वर्षपछि इन्चोनमा २०३ खेलाडीले २३ खेलमा प्रतिस्पर्धा गरे । २०१८ को जाकार्ता एसियाडमा नेपालले २९ खेलमा १८६ खेलाडी पठाएको थियो ।

गत संस्करण अर्थात् २०२३ को हाङ्झाउ एसियाडमा नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराउँदै इतिहास बनाएको थियो । एसियाड इतिहासमै सबैभन्दा धेरै नेपाली खेलाडी सहभागी भएको संस्करण थियो, हाङझाउ एसियाड । तर, यसपाली जापानको आइची–नागोयामा असोज ३ देखि १८ गतेसम्म हुने २०औं एसियाडमा नेपालको सहभागिता केही खुम्चिएको छ । नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदैछ, जसमा ७८ पुरुष र ५७ महिला छन् ।
यी हुन् नेपालका १३५ खेलाडी :
१) आर्चरी (२)– तिलक पुन मगर (रिकर्भ पुरुष व्यक्तिगत/मिक्स्ड टिम)– ज्ञानु अवाले (रिकर्भ महिला व्यक्तिगत/मिक्स्ड टिम)
२) एथलेटिक्स (६)– खडकबहादुर खड्का (म्याराथन)– राजन रोकाया (१० हजार मिटर र म्याराथन)– मुकेश बहादुर पाल (१५ सय मिटर र ५ हजार मिटर)– सोमबहादुर कुमाल (८ सय मिटर)– सन्तोषी श्रेष्ठ (५ हजार मिटर र १० हजार मिटर)– पूर्णलक्ष्मी न्यौपाने (१५ सय मिटर र ५ हजार मिटर)
३) ब्याडमिन्टन (४)– क्षितिज खनाल (पुरुष सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– प्रफुल महर्जन (पुरुष सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– रसिला महर्जन (महिला सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– रिहाना शेरचन (महिला सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)
४) बक्सिङ (७)– दानबहादुर दर्लामी (पुरुष ७० केजी)– रवीन नेपाल (पुरुष ९० केजी)– खगेन्द्र रोकामगर (पुरुष ६० केजी)– चन्द्रबहादुर थापा (पुरुष ५५ केजी)– अस्मिता दुवाल (महिला ५४ केजी)– रमिशा श्रेष्ठ (महिला ५१ केजी)– कुसुम तामाङ (महिला ६५ केजी)
५) क्रिकेट (१५)– दीपेन्द्रसिंह ऐरि, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल
६) साइकलिङ (२)– नवराज न्यौपाने (पुरुष क्रस कन्ट्री)– उषा खनाल (महिला क्रस कन्ट्री)
७) गल्फ (४)– सद्भाव आचार्य (पुरुष व्यक्तिगत र टिम)– सुवास तामाङ (पुरुष व्यक्तिगत र टिम)– राहुल विश्वकर्मा (पुरुष व्यक्तिगत र टिम)– तारा कार्की (महिला व्यक्तिगत)
८) जुडो (६)– विकास विक (पुरुष ६० केजीमुनि र मिक्स्ड टिम)– सुजन गुरुङ (पुरुष ९० केजीमुनि र मिक्स्ड टिम)– विशेष विक (पुरुष ६६ केजीमुनि र मिक्स्ड टिम)– निशा श्रेष्ठ (महिला ४८ केजीमुनि र मिक्स्ड टिम)– देवकीमाया श्रेष्ठ (महिला ५२ केजीमुनि र मिक्स्ड टिम)– पुनम श्रेष्ठ (महिला ७० केजीमुनि र मिक्स्ड टिम)
९) कबड्डी (२४) पुरुष: सुरज बोहरा, आदित्य चौधरी, प्रकाश गिरी, अशोक जोशी, संस्कार कुमार, कुमार लामा, गणेश पाकी, करुन रसाइली, घनस्याम रोकामगर, रवी थारु, सागर यादव र अंकु पुन महिला : मानमती विष्ट, रवीना चौधरी, जयन्ती बदु, गंगा घिमिरे, खिममाया खत्री, मनिषा जोशी, मीना नेपाली, विनिता पण्डित, नानुमाया पराजुली, मेनुकाकुमारी राजवंशी, सिर्जनाकुमारी थारु र आस्मा यादव
१०) कराते (८)काताः– सानुमाया थिङ (व्यक्तिगत र टिम काता)– अलिशा रास्कोटी मगर (टिम काता)– मेघा लिम्बू (टिम काता)
कुमितेः– राकेश मानन्धर (५५ केजीमुनि)– मिनबहादुर तामाङ (६० केजीमुनि)– तेन्जिङ शेर्पा (८४ केजीमाथि)– निरुपा डोङ तामाङ (६८ केजीमुनि)– एरिका गुरुङ (६८ केजीमाथि)
११) क्यानोइङ (२)– विजय माफी (पुरुष कायाक क्रस र क्यानोइङ स्लालम के १)– आशिष रानामगर (पुरुष कायाक क्रस र क्यानोइङ स्लालम के १)
१२) स्केटबोर्डिङ (२)– गजेन्द्र बर्देवा (पुरुष स्ट्रिट)– शरद राई (पुरुष स्ट्रिट)
१३) सफ्ट टेनिस (४)– प्रदीप खत्री (पुरुष सिंगल्स र टिम)– कमलबहादुर भण्डारी (पुरुष सिंगल्स र टिम, मिक्स्ड डबल्स)– ब्रिजेश पाण्डे (पुरुष टिम)– जर्जिया चौधरी (महिला सिंगल्स, मिक्स्ड डबल्स)
१४) स्क्वास (२)– अरहन्त केशर सिह (मिक्स्ड डबल्स)– विपना ब्लोन (मिक्स्ड डबल्स)
१५) पौडी (५)– डुवाना लामा (महिला १०० र २०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्ट्रोक)– आर्या महर्जन (महिला १०० मिटर फ्रिस्टाइल र ५० मिटर ब्याक्स्ट्रोक)– अभिव प्रधान (पुरुष १०० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाइ)– एर्भिन श्रेष्ठ (पुरुष ५० र १०० मिटर फ्रिस्टाइल)– जादेन श्रेष्ठ (पुरुष १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्रेस्ट्रोक)
१६) टेबल टेनिस (६)– नविता श्रेष्ठ (महिला सिंगल्स, डबल्स र टिम, मिक्स्ड डबल्स)– इभाना थापा (महिला सिंगल्स, डबल्स र टिम, मिक्स्ड डबल्स)– योङ्गी पौडेल (महिला सिंगल्स, डबल्स र टिम, मिक्स्ड डबल्स)– रुवीन महर्जन (पुरुष सिंगल्स, डबल्स र टिम, मिक्स्ड डबल्स)– संयोग कपाली (पुरुष सिंगल्स, डबल्स र टिम, मिक्स्ड डबल्स)– गणन्जय दहाल (पुरुष सिंगल्स, डबल्स र टिम, मिक्स्ड डबल्स)
१७) तेक्वान्दो (३)– अभिषेक बराल (पुरुष क्योरुगी ८० केजीमुनि)– युवराज राना (पुरुष व्यक्तिगत पुम्से (यु–३०))– स्वस्तिका तामाङ (महिला व्यक्तिगत पुम्से (यु–३०))
१८) टेनिस (५)– प्रदीप खड्का (पुरुष सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– निशान श्रेष्ठ (पुरुष सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– अभिषेक बास्तोला (पुरुष सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– सिभाली गुरुङ (महिला सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)– स्वस्तिका विष्ट (महिला सिंगल्स र डबल्स, मिक्स्ड डबल्स)
१९) भलिबल (१२)निरुता ठगुन्ना, सलिना श्रेष्ठ, उषा नाथ, सुमित्रा रेग्मी, मिना सुनार, सुनिता खत्री, वसन्ती साउद, मीना सुनार, आरती सुवेदी, प्रगती नाथ, सलिना बुढामगर, रीमा कुंवर
२०) कुस्ती (६)– सुरेश चुनरा (पुरुष ७४ केजी)– निखिलराज पटेल (पुरुष ८६ केजी)– राज यादव (पुरुष १२५ केजी)– रामकिशोर यादव (पुरुष ६५ केजी)– सुशिला चन्द (महिला ६२ केजी)– सिवाङ्गी दुवे (महिला ५७ केजी)
२१) उसु (१०)– विजय सिञ्जाली (पुरुष चाङ्सने)– हरिप्रसाद गोले (पुरुष ताजिक्वान अल राउन्ड)– राजीव तामाङ (पुरुष दाउसु गन्सु)– सुस्मिता तामाङ (महिला चाङ्सेन)– रोहित चुनारो (पुरुष सान्डा ५६ केजी)– अमर सुनार (पुरुष सान्डा ६५ केजी)– सञ्जीव महर्जन (पुरुष सान्डा ७५ केजी)– दीपक हमाल (पुरुष नानक्वान अल राउन्ड)– रिता ठकुल्ल (महिला सान्डा ६० केजी)– सवीता राई (महिला ताइजीक्वान अल राउन्ड)



