‘ग्ल्यामर प्लस’ को अर्को पाटो नै धरहरा अनलाइन

‘धरहरा अनलाइन’ तपाईंको हातमा छ । विशेष गरेर नयाँ पुस्ताको चाहना र रुचिलाई ध्यानमा राखेर संगीत, चलचित्र, सौन्दर्य र खेलकुदजस्ता विषयमा केन्द्रित रहेर प्रारम्भ गरिएको ‘ग्ल्यामर प्लस’ को अर्को पाटो नै ‘धरहरा अनलाइन’ हो ।
सम्पूर्ण पाठकहरुको माग र इच्छा पूरा गरेर उचित मनोरञ्जन, सूचना र ज्ञान प्रदान गर्दै सबैको मन जित्ने कुरामा हामी विश्वस्त छौँ । ‘धरहरा अनलाइन’ अहिले जुन ढाँचा र संरचनामा आएको छ, त्यसमा निरन्तर सुधार र परिमार्जन गर्दै लैजाने हाम्रो उद्देश्य छ । हामी हाम्रा पाठकहरुलाई सूचना, मनोरञ्जन तथा ज्ञानको त्यस्तो रमाइलो संसारमा सयर गराउन चाहन्छौँ जहाँ ज्ञान र मनोरञ्जनको सकारात्मक सम्बन्धको खोजी गरिएको हुन्छ ।
नेपाली सङ्गीत, चलचित्र, सौन्दर्य तथा खेलकुद जस्ता क्षेत्रमा साधनारत रहेर पाठकहरुलाई उपयोगी, रोचक, स्तरीय र यी विषयसँग सम्बन्धित ज्ञानबद्र्धक सामग्रीले स्वागत गर्ने प्रण हामीले गरेका छौँ ।
कुनै पनि कुरा आपैैmँमा पूर्ण हुँदैन । पूर्ण गर्ने प्रयास गर्दागर्दै केही न केही कमजोरी र त्रुटिहरु रहन्छ । तैपनि हामी विषयको छनौट र त्यसको लेखन तथा प्रस्तुतीकरण सरल र पठनीय बनाउन निरन्तर प्रयासरत रहनेछौँ ।
अर्को कुरा, हामी पाठकवर्गसँग डराई पनि रहेका छौँ । कतै यसमा जे जस्ता विषयहरु जसरी प्रस्तुत गरिएका छन्, तिनले हाम्रो लक्ष्य पूरा गर्न सक्दैनन् कि ? ‘धराहरा अनलाइन’ लाई सबै पाठकहरुको प्रिय बनाउने लक्ष्य पूरा गर्न सकिँदैन कि ? ‘धरहरा अनलाइन’ लाई यस क्षेत्रको प्रतिनिधि माध्यम बनाउने उद्देश्य कतै पूरा नहुने पो हो कि ? हुन पनि यस विधामा हामी अनुभवविहीन छौँ । केबल दृढ सङ्कल्पित मात्र छौँ । हाम्रो यो पहिलो प्रयास हेरिदिएर, पढिदिएर हामी यस्तो मनपराउँदैनौँ÷ पराउँछौँ नभनिदिएसम्म हामी बीच समुद्रको दिशाविहीन जहाज नै रहनेछौँ ।
यसमा हामी कतिसम्म सफल हुन्छौँ, त्यो मूल्याङ्कन गर्ने जिम्मा पाठकहरुको काँधमा । हामी पाठकहरुको विश्लेषणमा सम्पादकीय त्रुटिहरु खोज्न चाहन्छौँ र विषयगत कमजोरी थाहा पाउन चाहन्छौँ । विश्वास छ, कृपालु पाठकहरुले ‘धरहरा अनलाइन’ लाई स्वीकार मात्र गर्नुहुने छैन, यसको उचित मूल्याङ्कन समेत गरेर हामीलाई प्रगतिको बाटोमा हिँड्न दिशानिर्देश पनि गर्नु हुनेछ ।