२९ माधमा रेस्लरहरुको महाभिडन्त

महिला रेस्लिंग संध फेरि जुर्मुराएको छ ।संघले यहि माघ २९ गते नयॉ पुराना रेस्लरहरुलाई समेटेर फेरि एउटा रोचक भिड़न्त गराउने भएको छ ।अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाउने छन् ।संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि टेवा दिदै आएकी छिन् ।डिआरएन ब्रान्डले प्रायोजन गरेको यो महा भिडन्त रोचक र घोचक हुने कुरा आयोजकले बताएको छ । लक्ष्मी धर्तिमगर, भगबती माझी,जमुना तामांग,अस्मिता जुरेली,भगबती खड्का,दिनेश सुनार अमृता रेग्मी को भिडन्तलाई गुनराज रुचालले संचालन गर्ने छन्