गंगा गजमेरको नयॉ भिडियो : मरिष्काको मिठो अभिनय

गंगा गजमेरको पछिल्लो एल्बम स्वरादी मा समावेस गीत हॉसेर को म्युजिक भिडियो सार्वजनिक भएको छ । मरिष्का पोखरेल र नरेन खड्काको अभिनय रहेको यो गीत राम्रो लोकेसन र निक्कै मेहनत गरेर बनाएको देखिन्छ ।

जगत रेग्मीको कोरियोग्राफ़ी र जेविआर सनमको निर्देशनमा बनेको यो भिडियोमा श्याम कुँवरको सम्पादन छ भने शब्द रचना संगीता थापा, संगीत र अरेन्ज मानसी किरणको रहेको छ । गायनमा गंगाले आफ्नो सम्पुर्ण सिप पोखेकी छिन् । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ ।  गीत सबै कोणबाट राम्रो बनेको छ ।

https://youtu.be/TH-HnNd-lXQ