शिबरात्रीको अवसरमा सिर्जनाले ल्याईन शिव भजन

विगतमा आधुनिक शैलीका गीतमा संक्रिय रहदै आएकी गायिका सिर्जना के.सीले यसपालीको शिवरात्रीको अवसर पारेर एउटा मिठो शिव भजन सार्वजनिक गरेकी छिन् । बिक्रम थापाको संगीतमा तयार भएको यो भजनमा गणेश सुवेदीको शब्द र बिसन मानन्धरको संगीत संयोजन छ । भोले बाबा बोलको यो भजनमा सिर्जना मज्जाले खुलेकी छिन् ।

भिडियोमा पनि उनको हाउभाउ हेर्न लायक छ । राम्रो कोरसले उनलाई साथ दिएको छ ।रामेश्वर जिरेलको छायॉकंन र तेन्जी लामाको सम्पादन र निर्देशन यो भिडियोमा छ । शिव पुकारमा निक्कै जोड़ गरिएको यो गीत र भिडियो राम्रो बनेको छ ।