लताको उपचार सफल खतरा मुक्त

भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरलाई भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो अस्पताल लगिएको थियो । लताको उपचार सफल भएको छ । उनी खतरा मुक्त भएर घर फर्किएकी छिन् । उनको छातीमा समस्या देखिएको थियो । हिजो अस्पताल भर्ना भएकी लता अब घरमै आराम गर्ने बताईएको छ ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।लताले नेपाली गीत समेत गाएकी छिन् । चलचित्र माईतीघरमा पनि उनको पार्श्व गायन छ । “आकाशका तिरमिरे तारा” बोलको गीतमा पनि उनको स्वर छ ।पछिल्लोपटक रामकृष्ण ढकालसंग युगल गायनमा “फुल भन्छ फुलिरहौ” गाए पछि नेपाली जनमानसमा  अझ लोकप्रिय बनेकी थिईन ।