तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन

पहिलोपटक नेपाल आएका बलिउड निर्देशक प्रकाश झाले फिल्मको आर्ट फर्मसँग रमाउन आफू तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी भएको बताएका छन् । उनी निफका मुख्य निर्णायक समेत हुन् । राष्ट्रिय सभा गृहमा आयोजित निफको उद्घाटन कार्यक्रममा उनले आफ्नो नेपालसँग छुट्टै सम्बन्ध रहेको बताए। मेरो गाउँ नेपाल सिमाना नजिक ‍पर्छ। सानोमा हामी धेरैपटक त्यो सिमाना नाघेर गाई चराउन नेपाल आउँथ्यौं,’ उनले भने, ‘अहिले फेरी यो फिल्मको उत्सवका लागि नेपाल आएँ। सांस्कृतिक रुपले भिन्नभिन्न फिल्म हेर्न उत्सुक छु।

कार्यक्रममा सभामुख अग्नि सापकोटाकलाकार नीर शाहनिफ अध्यक्ष केपी पाठकलगायत फिल्मकर्मीको उपस्थिति थियो। कार्यक्रममा उपस्थित हलिउड निर्मातालरेन्स कासानोफ नेपाली फिल्मकर्मीलाई आफ्नै कथा भन्न उत्साहित थिए। कोरियन फिल्म प्यारासाइटले ओस्कार जितेको उदाहरण दिँदै उनले भने नेपालसँग संस्कृति छ। प्रविधि छ अनि प्रतिभा पनि। यी सब मिलाएर तपाईंले आफ्नो कथा भन्न सक्नुभयो भने ओस्कार टाढा छैन। मलाई लाग्छ संसारलाई भन्नुपर्ने धेरै कथा छन् नेपालसँग।

त्यस्तै अध्यक्ष केपीले भने गत वर्षभन्दा यसवर्ष प्रदर्शन गर्ने फिल्मको संख्या थपिँदै गएको र अन्तर्राष्ट्रिय फिल्मकर्मीको संख्या पनि बाक्लो रहेको बताए। विश्वका कथाहरुको कथ्य उत्सव भनेर नारासहित हामी अघि बढेका छौं, यो वर्ष,’ उनले भने। निफको सुरुवात नै द कम्पोजर भन्ने चाइनिज फिल्मबाट भएको छ। फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइँदैछ।पाँच दिनसम्म चल्ने फेस्टिभलमा निर्देशक झाले भने फिल्म सम्बन्धि मास्टर कक्षा पनि लिँदैछन्।