सुगम पोखरेल गुन्जिए बोबी लिम्बुसंग युगल गायनमा

अम्बिका म्युजिकको प्रस्तुतिको रुपमा गायक सुगम पोखरेल तथा बोबी लिम्बुको युगल गायनमा ‘ भन कुनचाहि खुशी दिउ’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शब्द र परिवेश समेटेर गीत बनाईएको छ ।

हिमाली दृश्यहरु समेटिएको गीतमा गायन जति खुलेको छ मोडल द्वय सृष्टि खड्का र निरज प्रधानको अभिनय पनि त्यतिकै खुलेको छ । रामकुमार सिवाकोटीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा निशान कस्यपको निर्देशन रहेको छ । महाराज थापाको संगीत संयोजन छ भने बुद्ध थापाको सिनेमेटोग्राफ़ी छ ।

https://youtu.be/vuZvHNlBpnw