सुनिताले पोखिन गीतमा प्रेमपिडा

पेशागत रुपमा नर्सिंगमा तर तन मन पुरै साहित्यिक रहेकी गीतकार सुनिता बस्नेत थापाले आफ्नो एल्बम सुरवी एल्बममा समावेश अत्यन्त मार्मिक गीत ‘सम्झेर नरुनु प्रिय’ युट्युभमा सार्वजनिक गरेकी छिन् । शिव परियारले अति मिठो मार्मिक स्वरमा गाएको यो गीत सुन्दा मन चस्क्क हुन्छ। प्रेम पिडामा लेखिएको र गायकी र संगीत पनि त्यहि अनुसार भएका गीत राम्रो बनेको छ ।

सुनिल मास्केको संगीत र प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ गीतमा । प्रवासमा रहेर यस्तो ओजनदार सृर्जना ल्याउन सक्नु सानो कुरा होईन । आफ्नो कामकाजी जिवनको व्यस्तता बिच पनि यसरी गीतिकारिता गर्नु सुनिताको सिर्जनशिल मनकै उपज रहेको छ ।