नयाँ गीत ‘यो मन दुःखेको’ सार्वजनिक

विमला परियार र भरत परियारको युगल स्वरमा नयाँ गीत ‘यो मन दुःखेको’ सार्वजनिक भएको छ । गीतमा भरत परियारको शब्द र संगीत रहेको छ। यो मन दुखेको’ थेगोमा बनाईएको दोहोरी गीतमा बिमला र भरत खुलेका छन् । वियोगान्त शब्द संरचनामा तयार भएको  गीत सन्देशमुलक पनि छ ।

जीवन के.सिको निर्देशन रहेको गीतमा महेश महराको छायांकन तथा नविन घर्ती मगरको सम्पादन रहेको छ। गीतको  भिडियोमा शंकर आरजे, रविना भित्रिकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकीको अभियन देख्न सकिन्छ । सवारी दुर्घटनामा आधार बनाएर तयार पारिएको भिडियो पनि राम्रो बनेको छ ।