साम्बाले एकै खेलमा गरिन् ८ गोल

सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा लिग लिडर एपीएफका लागि सावित्रा एक्लैले ८ गोल गरिन् । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले लगातार सात खेल जित्दै २१ अंक जोडेको छ । एपीएफले दोस्रो स्थानको आर्मीमाथि ५ अंकको अग्रता समेत बनाएको छ ।

पहिलो लेगमा एपिएफले चौदण्डीगढीलाई २२-० गोलले पराजित गरेको थियो। सो खेलमा साम्बा एक्लैले १२ गोल गरेकी थिइन्। अंक तालिका को पुछारमा रहेर अंकबिहीन बनेको चौदण्डीगढीले जारी लिगमा लगातार सातौं खेलमा हार बेहोर्‍यो।