लङजम्पमा जयरानीलाई कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला लङजम्पमा आर्मीकी जयरानी थारूले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।मंगलबार भएको खेलमा जयरानीले ५.५८ मिटर जम्प गर्दै कीर्तिमान सहित स्वर्ण जितेकी हुन् ।

यसअघि लुम्बिनीकी निशा चौधरीको नाममा ५.४७ मिटरको कीर्तिमान थियो ।पोखरा रंगशालामा लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत जित्दा एपीएफकी सिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य पदक जितिन् ।