साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीलाई एक–एक स्वर्ण

आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधा तर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१.०१५ सेकेन्डमा पूरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् । त्यस्तै उक्त दुरी १ घण्टा ५५.२१ सेकेन्ड ४१४ मिलि सेकेन्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेका छन् ।

त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ८६१ मिलि सेकेन्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।आजै भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेन्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् । त्यस्तै एपीएफ हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेन्डमा पुरा गर्दै रजत पदक जितिन् । त्यसैगरी १ घण्टा २९ मिनेट ३८ सेकेन्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्काले कास्य पदक जितेकी छन् ।