नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकियो

दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ । डलास स्टेडियममा भएको खेल २-२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै गोल भएका थिए ।

५०औं मिनेटमा भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानले बराबरी गोल फर्कायो । केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको सात मिनेटमा नेदरल्यान्ड्सले फेरि अग्रता लियो । ६४औं मिनेटमा क्रिसेन्सो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्स अग्रतामा आयो ।

८९औं मिनेटमा डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । कर्नरबाट आएको बललाई उनले हेडर गोल गरेका थिए । त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडे ।