भद्रकलाको अभिरल माया गीत सार्वजनिक

हंगकंगमा बसेर आफ्नो गीतिकारिता तथा समाजसेवामा सक्रिय रहदै आएकी गीतकार भद्रकला अंगबुहांग राईको नयॉ गीत “अभिरल माया “ सार्वजानिक भएको छ । आफ्नै नामबाट संचालित युट्युभ च्यानलबाट सार्वजनिक यो गीतमा सुरेश लामा र सबिना योंगहांगको स्वर रहेको छ

संजिव बराइलीको संगीत र संगीत संयोजन रहेको यो गीतमा प्रकाश राई र दिपा सुहांग लिम्बु को अभिनय छ ! रोमान्टिक भावको यो गीतमा प्रेमको संयोगान्त रुप देखाईएको छ । अभिनय र लोकसेन अनि कोरियोग्राफ़ी निकै राम्रो देखिन्छ

मज्जाको राईको सिनेमेटोग्राफ़ी अनिल कुमार महर्जनको संपादन र निर्देशन योगल पुमो रहेको गीत सबै कोणबाट निकै तारिफ योग्य बनेको छ