प्रविधिले फुटबललाई निष्पक्ष बनाउने भनिए पनि २०२६ को विश्वकपको समूह चरणका खेलहरूमा ‘भिडियो असिस्टेन्ट रेफ्री’ र मैदानका रेफ्रीका कतिपय निर्णयहरूले ठूलो विवाद निम्त्याए । रेफ्रीका कतिपय निर्णयहरू केही टोलीका लागि यति महँगा सावित भए कि उनीहरू नकआउट चरणमा पुग्नबाटै वञ्चित भए । यदि यी विवादास्पद निर्णयहरूलाई भीएआरले गम्भीर रूपमा लिएर निर्णय गरेको भए नकआउट समीकरण नै अदलबदल हुने थियो । समूह चरणका निर्णयमध्ये अलजजिराले तयार पारेको शीर्ष ५ विवादास्पद निर्णयहरू यस्ता छन् ।

खलिलजादेहको गोल रद्द : इरानी समर्थक स्तब्ध
सान्चेजको खुट्टाको औँला मात्रै अफसाइड : कोलम्बियाको खोसिएको जित
शनिबार मियामीमा भएको पोर्चुगल र कोलम्बियाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । उक्त खेलमा डेभिन्सन सान्चेजले खेलको अन्तिम समयमा हेडमार्फत् गोल गरे । तर, कोलम्बियाली टोलीले जितको उत्सव मनाउन नपाउँदै लाइन्सम्यानले झण्डा उठाए । भीएआरले सान्चेजको खुट्टाको औँला मात्रै थोरै अगाडि रहेको भन्दै गोललाई मान्यता दिएन ।
घानालाई पेनाल्टी नदिएको रेफ्रीको विवादास्पद निर्णय
समूह एलको खेलमा घानाले इंग्ल्यान्डसँग गोलरहित बराबरी खेल्यो । तर, यो खेलमा घानाले पाउनुपर्ने पेनाल्टी रेफ्रीले नदिएको भन्दै समर्थक आक्रोशित बनेका थिए ।खेलको ७९ औँ मिनेटमा इंग्ल्यान्डका इज्री कोन्साले घानाका प्रिन्स क्वाबेना अडुलाई डि-बक्सभित्र लडाएका थिए । कोन्साको खुट्टा बलमा नभई अडुको घुँडामा लागेको भिडियोमा स्पष्ट देखिन्थ्यो । तर, रेफ्रीले पेनाल्टी दिएनन् । घानाका प्रशिक्षक कार्लोस क्विरोजले खेलपछि आक्रोश पोख्दै भने, ‘त्यसबेला भीएआर कफी खान गएको थियो क्यारे !’
रेफ्रीले मान्यता नदिएको भिनिसियस जुनियरको त्यो गोल
स्कटल्याण्डविरुद्धको खेलमा २२ औँ मिनेटमै भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, भीएआरले रेफ्रीलाई ‘अन-फिल्ड रिभ्यू’का लागि सुझाव दियो । रेफ्रीले भिनिसियसले गोल गर्नुअघि ज्याक हेन्ड्रीलाई फाउल गरेको भन्दै गोल रद्द गरिदिए । त्यो फाउल निकै सामान्य खालको देखिन्थ्यो ।यही कारण रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै ब्राजिलियन फुटबल संघले फिफालाई पत्र लेख्यो । पत्रमा भीएआरको मापदण्ड सबैका लागि समान हुनुपर्ने माग गरेको राखिएको थियो ।
फउलका वाबजुद जर्मनीले पाएको ‘गिफ्ट गोल’
इक्वेडरसँग जर्मनी २-१ ले पराजित भएकाे खेलमा लेरोय सानेले गरेको पहिलो गोललाई लिएर इक्वेडरले ठूलो प्रतिरोध गरेको थियो । खेल सुरु भएको दुई मिनेटमै सानेले गोल गरेका थिए । तर, गोल हुनुअघि जर्मनीका एलेक्जेन्डर पाभ्लोभिचले इक्वेडरका पेड्रो भिटेको टाउकोमा ‘हाइ बुट’ (खुट्टाले टाउकोमा) प्रहार गरेका थिए । त्यो स्पष्ट फाउल जस्तो देखिए पनि भीएआर मौन बस्यो । र सानेको गोलले मान्यता पायो । रेफ्रीको निर्णय विरुद्ध इक्वेडरका खेलाडी प्रशिक्षकले तीव्र प्रतिरोध गरेका थिए ।



