सन्तोषको ”कोन्ज्योसोमको कसम”मा छुल्ठिम गुरुङ  

दोस्रो नेपाली तारा ,गायक सन्तोष लामाको नयाँ गीत ”कोन्ज्योसोमको कसम” सार्बजनिक भएको छ ।सोमबार राती लामाले आफ्नै युट्युब च्यानल मार्फत तामाङ सेलो पप  ”कोन्ज्योसोमको कसम”लाइ रिलिज गरेका हुन् ।सन्तोषको आफ्नै शब्द र संगीत रहेको गीतमा चांद सिङको संगीत संयोजन रहेको छ ।
”कोन्ज्योसोमको कसम”को म्युजिक भिडियोमा  नायिका छुल्ठिम गुरुङको साथमा तामाङ  फिल्मका चर्चित हिरो कुमार मोक्तान र बिशाल लामाको अभिनय हेर्न सकिन्छ ।भिडियोमा एक युबकले सुन्दरी केटी [मैच्याङ्ग]को विभिन्न शारीरिक सुन्दरता र राम्रो आनीबानीको बयान गरिएको भावलाई देखाइएको छ जसको निर्देशन सुमन लामाले गरेका हुन ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र निशान घिमिरेको सम्पादन रहेको भिडियोलाइ एक  गुम्बामा खिचिएको हो ।