रोशन भट्टराईको तेस्रो एल्बम ‘आर्या’ संगीत पारखीमाझ

काठमाडौं । गीतकार रोशन भट्टराईको तेस्रो एल्बम ‘आर्या’ संगीत पारखीमाझ आएको छ । ‘बिर्सन सक्दिन’ र ‘अक्षता’ पछि रोशनले तेस्रो एल्बम श्रोतामाझ ल्याएका हुन् ।

राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार रोशनसँगै गायकद्वय आनन्द कार्की र मदन गोपालले एल्बम सार्वजनिक गरे । देशभक्ति र मायाप्रेमका गीत संग्रहित एल्बममा ‘के सौन्दर्य हुन्छ फूल’, ‘बिहानी घामको किरण’, ‘नेपालका छोरा हामी’ र ‘मायालु मुहार तिम्रो’ बोलका गीत छन् । गीतमा नवीन के भट्टराई, किरण प्रधान, डी मोर्चा र सन्तोष लामाको स्वर तथा उमेश रेग्मी ‘युमेश’, न्ह्यु बज्राचार्य र डी मर्चाको संगीत छ ।

गीतकार भट्टराईले समाजसेवासँगै समय समयमा एल्बम निकाल्न पाउँदा मन आनन्दित हुने बताए । ‘सबै फ्लेबरका गीत लेख्ने भएकाले पनि मेरो गीतको फ्लेबर यो नै हो भन्न मलाई गाह्रो छ ।’ उनले भने ।

गीतकार भट्टराईका अनुसार एल्बममा रहेका दुई ‘के सौन्दर्य हुन्छ फूल’ र ‘वीर नेपाली’को भिडियो सार्वजनिक भइसकेको छ ।