गायिका पुर्णकला विसी र गायक कमल शुसान्त केसीको आवाजमा“प्रतिक्षा ” 

 काठमाडौँ । नेपाली लोक गीत -संगीतहरुमा नेपालीपनको आभाष दिलाउने नविनतम सिर्जना आएको छ   ।  प्रत्यक्ष जीवनसंग आधारित  भोगाईहरुलाई समेटेर सफलता म्युजिक प्रालीको प्रस्तुतिमा कमल शुसान्त केसीको लोकदोहोरी गीत  “प्रतिक्षा”गायिका पुर्णकला विसी र गायक कमल शुसान्त केसीको आवाजमा बजारमा आएको छ ।
            
भिडियोमा जिवनको निकै कारुणिय अवस्थालाई व्याख्या गरिएको छ । एक अर्काको साथ पाउने प्रतिबद्धताका साथ गीतमा कमल शुसान्त केसी र राजेश कुमार नेपालीको शब्द सिर्जना तथा युनिक भोजराज विकको लय सिर्जना रहेको छ ।  भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने नविन धर्तिमगरले भिडियोलाई सम्पादन गरेका छन । मायालु जोडिको भुमिकामा ईश्वरजंग खड्का र प्रतिभा राईको अभिनय रहेको छ । भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन ।