तुईन चलचित्र भर्जिनियामा दोस्रो पटक प्रदर्शन

यस्तै तुहिनयात्राको जोखिम, झोलुङ्गे पूल निर्माणा सम्बन्धित पक्षको उदासिनता जस्ता विषयहरु लार्इ समेटेर ‘तुहिन’ फिल्मको निर्माण गरिएको छ । यो फिल्मको निर्माता श्रीजना उप्रेती  रहेकी छिन्।

तुईन,विश्वकै जोखिमपूर्ण नदी पार गर्ने माध्यम मध्ये एक हो। एउटा डोरीको सहाराबाट नदी पार गर्ने माध्यम तुहिन ग्रामिण नेपालका भेगहरुमा  प्रयोग हुने गरेको छ। नदी माथि एउटा सामान्य डोरीलाई वारीपारी बाँधेर त्यसमा एक काठको ट्रली झुण्ड्याइ तुहिनको निर्माण गरिएको हुन्छ। तुहिन नदी पार गर्ने क्रममा जोखिमपूर्ण मात्र नभइ चुनौतीपूर्ण पनि हुन्छ ।

ग्रामिण भेगका विद्यार्थीहरु विद्यालय जानका लागि तुहिन मार्फत जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्। त्यस्तै, स्थानियहरु पनि अाफ्नो उत्पादन बजार सम्म पुर्याउन जीबनकै जोखिम मोल्नु पर्ने अवस्था रहेको छ। विशेष गरि तरकारी लगायतका स्थानिय उत्पादन सुलभ नदी पार गर्ने माध्यम पूलको अभावले बजार सम्म पुग्दैन। नदीमा पानिको बहाव कम भएको समयमा डुङ्गाको माध्यमबाट केही हद सम्म सामान अोसार पसार हुने भएता पनि वर्षातको समयमा यो सम्भव छैन ।

उक्त फिल्ममा तुहिनयात्रामा संघर्ष गर्ने एक युवक सुरज थापालार्इ वास्तविक कथाको काल्पनिक पात्रको रुपमा उभ्याइएको छ। विद्यार्थीहरु तुहिनमा यात्रा गरिरहेका बेला जब तुहिन टुटेर झर्छ र बाँचको एक विद्यार्थीको रुपमा फिल्ममा राखिएको छ। यो फिल्मको निर्दृशन उत्सव थपलियाले गरेका हुन्। विश्वका विभिन्न राष्ट्रहरुमा प्रदर्शन भइरहेको छ। यसै क्रममा संयुक्त राज्य अमेरिकामा पनि २ पटक प्रदर्शन भइसकेको छ।