आशा खड्काले मृत्युमा अन्तिम श्रद्धान्जली दिन हाँसेर आउ भनेपछि …… 

काठमान्डौँ  जीवन भोगाइमा आइपरेका वियोगका अवस्थाहरुलाई चित्रण गदै प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा मुना थापामगर र लालबहादुर रानामगरको लोकदोहोरी कोशेली “चिता माथि आगो” डिजिटल बजारमा उपलब्ध भएको छ ।  जीवन भोगाईका क्रममा बाध्यताले विछोड हुनुपर्दाको कारुणिक भावहरुलाई गीतमा प्रस्तुत गरिएको छ ।
 
आफुलाई जस्तो सुकै अवस्थामा भएपनि नछोड्नको लागी आग्रह  गर्दै आफनो मृत्युमा अन्तिम श्रद्धान्जली दिनको लागी  प्रेमिकालाई लालबहादुरले आग्रह गरेका छन ।  इन्द्र दाहाल शिशिरको शब्द तथा नविन गुरुङको लय सिर्जना  रहेको   छ । आफनो मृत्युको वियोगमा आफनी  प्रेमीकालाई नरुन आग्रह गरिएको छ ।  वियोगको अनुभव नगर्न पनि भनिएको  छ । “चित्ता माथी आगो ” गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा इन्द्र दाहाल शिशिर , अभि लामा र आशा खड्काको निकै मार्मिक अभिनय देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाई छायाँकन गरेका हुन् ।
 ।https://www.youtube.com/watch?v=sIO8xzm46CA&authuser=0