अमेरिकामा UNAANA को अधिवेशन तयारी

अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA ) ले अधिवेशन तयारीको लागी केन्द्रिय कार्य सम्पादनको वैठक विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गर्दै सकिएको छ  । सस्थाका अध्यक्ष कन्यैया सिंह परियारको अध्यक्षतामा भएको वैठकले प्रवासमा रहेर पनि नेपाली गीत संगीत साहित्य कला संस्कृति जगेर्ना गर्न कालाकरिता मार्फ़त योगदान गर्ने व्यक्तित्वहरूलाई संस्थाकोतर्फ वाट वर्ष व्यक्ति घोषणा गरि साहित्य , कलाकारिता र गायन विधामा सम्मान गर्ने निर्णय गरेको छ ।

वैठकले समितिका पदाधिकारीहरूमध्ये श्रीराम थापा र दिनेश कार्कीलाइ आर्थिक संयोजक र वरिष्ठ हास्य कलाकार नारायण त्रिपाठीलाइ  कार्यक्रम संयोजक, जनसम्पर्क संयोजक, हेमन्त हमाल  र व्यवस्थापन संयोजकमा अरुणा रुम्बा मोक्तानलाई ज़िम्मा दिएको छ ।  मृगौला पिडित  गायिका  जलजला परियारलाई संस्थाको पहलमा कलाकारहरुबाट उठेको रकम अमेरिकी डलर $६७७/- युनाना नेपाल मैत्री मंचका संयोजक संगीतकार सन्तोष श्रेष्ठमार्फत हस्तान्तरण गर्ने निर्णय गरेको छ।

साँस्कृतिक कार्यक्रममार्फत अमेरिका तथा उत्त्तर अमेरिकामा नेपाली संस्कृतिको बिकाश गर्ने निर्णय गरेको छ । नेपाल लगायत विश्व का ७५ देशमा फैलिएको यस संस्थाको हालसम्म अमेरिकाको २० वटा राज्यमा यस संस्थाको शाखा स्थापना भैसकेको छ।