गायक प्रेम रावत र गायिका नरमाया धर्तिको “सिन्दुर”

पछिल्लो समय सागीतिक बजारमा एकपछि अर्काे  मौलिक भाकाहरु निरन्तर आइरहेका छन । ग्रामिण परिवेशमा गाइने विशेष  शैलीका  मौलिक भाकाहरुलाई आफना दर्शक तथा श्रोताको मनमा बस्ने लोकलयमा तयार परिएको सर्वोकृष्ट सिर्जनाहरु बजारमा आइरहेको  छन ।  यसै क्रममा मुना मदन डिजिटल म्युजिक प्रा लीको प्रस्तुतिमा नरमाया धर्तिको मार्मिक लोकदोहोरी “सिन्दुर ”  बोलको  गीतको म्युजिक भिडियो गायक प्रेम रावत र गायिका नरमाया धर्तिको आवाजमा  यूट्युबमार्फत सार्वजनिक भएको छ ।
सागर धर्तिमगरको शब्द तथा  प्रेम रावतको लय सिर्जनामा जीवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । मायामा पागल भएको कुरालाई गीतमा मौलिक पारामा समेटिएको छ ।  “सिन्दुर” गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने  सम्पादन  अविनास डिसीले गरेका छन । भिडियोमा नेशल जी एम  र आशा खड्काको निकै मार्मिक  अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।