मेहेन्दुको छायाङ्कन डोल्पामा

उपल्लो डोल्पा र तल्लो डोल्पाका समुदायबीच सामाजिक तथा भाषिकपक्षमा देखिएको समस्या र समाजमा कायम रहेको अन्धविश्वास, रुडीबादी परम्परालाई उजागर गर्ने उद्देश्यले कथाबस्तु छनौट गरेर हिमाली जिल्ला डोल्पाबाट नेपाली कथानक चलचित्र मेहन्दुको छायङ्कन शुभारम्भ गरिएको छ ।

सुन्दर परिको अर्थ बोेकेको चलचित्र मेहन्दुको प्रशिद्ध  शक्तिपिठ  त्रिपुरा सुन्दरी मन्दिरमा बिशेष  पुजाआजा पछि छायाँङ्कन शुभारम्भ गरिएको हो । चलचित्रको सम्पूर्ण छायाङ्कन तल्लो डोल्पा र उपल्लो डोल्पाका मनोरम स्थलमा गरिने छ।

चलचित्रमा भोला तिमेल्सेना, सोनु पुमा, रमेश सोडारी, यसराज कुमार श्रेष्ठ, किशोर खतिवडा, बिन्दा थिङ, प्रतिक्षा खतिवडा, लक्ष्मण देबकोटा, बाबुराजा शाक्य, चन्द्र मुड्भरी लगाएतको अभिनय देख्न सकिने छ । चलचित्रलाई नेपाली, अंग्रेजी, जापनिज लगाएत चारवटा भाषामा अनुवाद गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्र देब नेपालले निर्देशन गर्ने छ्न । निर्देशक नेपालले नै चलचित्रको कथा लेखेका छन्  । चलचित्रको निर्मातामा अर्जुन डोटेल, प्रस्तुत कर्तामा सुदिप डोटेल, द्धन्द निर्देशक राजु किँराती, कार्यकारी निर्माता चन्द्रमणी रहेका छन् ।

यस्तै चलचित्रमा गीतसंगीत बिमल डाँगी, सरोज कोइराला, पुरोषत्तम कुमार लामाको रहेको छ । उत्तरी सिमासँग जोडिएको उपल्लो डोल्पा र तल्लो डोल्पाको जीवनशैली लगायत दुबै क्षेत्रका स्थानियबीच सम्बन्ध सुधारगर्ने कथाबस्तु चलचित्रमा समेटिएको निर्देशक देब नेपालले जानकारी दिए।