चर्चित फुटबलर मणि शाहको निधन

नेपाली टिमका पूर्वस्टार खेलाडी तथा नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल  खेलाडी  मणि शाहको सोमबार  साँझ  निधन  भएको  छ । उनको  सोमबार साँझ  थापाथलीस्थित नर्विक अस्पतालमा  उपचारका  क्रममा  निधन भएको  हो । ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्यादेखिएको थियो। त्यसैले उनी पटक–पटक उपचारका लागि अस्पताल धाउने गरेका थिए। हल्का ज्वरो आएपछि आइतबार उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

शाह बि .स. २०४२ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । प्रतियोगितामा नेपाल तेस्रो भयो । त्यसपछि उनले करिव १० वर्ष नेपाली फुटबलमा राज गरेका थिए । उनले पाँच पटक साफ खेले । बि. स. २०४४ को साफमा नेपाल तेस्रो भयो ।  नेपाल बि. स. २०४६ ,बि. स. २०४८   मा सहभगी मात्र भयो ।

 बि. स. २०५० ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण प्लेमेकर रहेका थिए । मणीको चमक त्यसबेला उज्यालियो, जब बि. स. २०५० मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भयो । जसमा फरवार्ड मणीको भूमिका महत्वपूर्ण थियो । त्यसपछि उनी बि. स. २०५२   मा भारतमा भएको सातौँ साफमा पनि खेले ।

                            

 उनको ‘ड्रिब्लिङ’ कला र ‘स्पट किक’को चर्चा नगर्ने सायदै भेटिन्छन्, दक्षिण एसियामा । बि. स. २०५० को दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई स्वर्ण जिताउन उनले अभूतपूर्व खेल प्रदर्शन गरेका थिए , बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा । त्यतिबेला फाइनल खेल सकिन दुई मिनेट बाँकी रहँदा नेपाल २-१ ले भारतसँग पछाडि परेको थियो । तर, यो नतिजा उल्ट्याउँदै उनले नेपाललाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदान गरे ।फाइनलमा उनले फ्रिकिकमार्फत बराबरी गोल गरेका थिए भने पेनाल्टी सुटआउटमा अर्को गोल गरेपछि नेपाल टाइब्रेकरमा ५-४ गोलले विजयी भएको थियो ।

शाह नेपाली फुटबलको उत्कृष्ट मिडफिल्डर हुन् ।उनी एसियन कप छनोट बि. स .२०४३, एसियन गेममै जापानमा ,बि. स. २०५१,  २०५५ मा बैंककमा सहभागी भएका थिए । उनले विश्वकप छनोटका लागि  बि .स. २०४२ मा कोरियामा पनि खेले । उनी ओलम्पिक छनोटमा खेलमा पनि बि. स. २०४४ जापान र २०५५ मा कोरियामा सहभागी भएका थिए ।

राष्ट्रिय टोलीबाहिर पनि उनले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी,, ब्वाइज क्लब, आरएनएसीबाट फुटबल खेले । उनको प्राय समय मनाङ मस्र्याङ्दी क्लबमै बित्यो । उनले दुई वर्ष सन्  ०५४ र ०५५ सालमा राष्ट्रिय टिमको कप्तानको भूमिका पनि निभाए ।उनले २०४३ सालमा बेस्ट फुटबल खेलाडीको सम्मान पाए । बेस्ट भएरै २०५५ सालमा रुपक स्मृति सम्मान पाए । २०५६ सालमा वर्ष युवा खेलाडीको पुरस्कार पाएका उनले फुटबलकै कारण विभिन्न २० भन्दा धेरै देशको भ्रमण गरे ।

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटवलमा ‘वादशाह’ उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणि विक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना’ को उपाधि पाइरहेका थिए।त्यो उपमा पाउनु स्वभाविकै थियो। उनले रंगशालामा म्याराडोनाकै शैलीमा आफुलाइ प्रस्तुत गर्थे। सटिक पास निकाल्ने र बललाई गोलपोष्ट चुमाउने उनको विशेष खालको शैली थियो। डेड बल र उनको खुट्टाको गजब सम्बन्ध छ। डेड बल उनी कमै मिस गर्थे। अहिले पनि नेपाली फुटवलमा वान स्टेप बल हान्न सक्ने खेलाडी धेरै कम छन्। शाह भने त्यसमा पनि पारङगत थिए।

विपक्षिहरु पेनाल्टी बक्स वरिपरी शाहको खुट्टामा बल भए सधै खतरा महसुस गर्थे। अझ त्यो पनि बायाँ खुट्टटामा भए झनै खतरा।
बाँया खुट्टे शाह विदेशी क्लवहरु सँग खेल्दा पनि नेपाली मिडफिल्ड र फरवार्ड दुवै खेल्न सक्ने आफ्नो समयमा प्रतिभावान खेलाडि हुन्। विदेशी र घरेलु मैदानमा खेल्दा फरक महसुस गर्ने खेलाडीहरुकोबीचमा उनको अलग पहिचान छ। उनी दुवै ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्न सक्थे ‘नो नर्भस’। ‘हाइ डोमिनेटिङ पावर’ भएका शाह मैदानमा छिरेपछि जित्नैपर्छ र खेल्नैपर्छ भन्ने भावना लिएर खेल्ने खेलाडी हुन्। उनी आफ्नो टोलीका सँधै राम्रो खेलाडी त हुँदै हुन् अरुलाई पनि त्यस्तै बनाउने प्रयास गर्थे।

२०३८ तिरको कुरा थियो। थ्री स्टार र ठमेल ११ को झगडा हुँदा प्रतिवन्धित ठमेलका पाँच खेलाडीमध्ये उनी पनि एक थिए। त्यही वर्ष १९८३ मा पहिलो पटक नेपालले उमेर समूहको फुटबल खेल्यो यु–१३ प्रिन्सेस कप थाइल्यान्डमा। त्यहि गेमनै उनको प्रतिवन्ध फुकुवा गर्ने उपयुक्त अवसर बन्यो। त्यहि गेमको लागि शाहको निलम्बन फुकुवा गरेर थाइल्याणको लागि छनोट गरियो। त्यहीबेला विराट शाह, मृगेन्द्र, कुमार कटुवाल लगायतका खेलाडी पनि थिए। १९८४ मा यु–१३ को कप्तान भएर उनि थाइल्याण्ड गए शाह। १९८४ मा चीनमा भएको यु–१६ एसियन कपमा पनि शाह पुगे। विदेशी रंगशालामा नेपाली फुटवललाई पुर्याशउन शाहको अमुल्य योगदान रहेको छ।

ठमेल प्रतिवन्धमा परेपछि मनाङ मर्स्याङ्दीको जन्म भयो। मनाङले २०३९ मा डी लिग खेल्यो। ०४० मा सी, ०४१ मा बी र ०४२ मा ए यी सबैमा मनाङ सबै च्याम्पियन भयो। शाह त्यसको एउटा मुख्य हिंसा थिए। त्यो समयमा एन्फाले एन्फा कप आमन्त्रण फुटबल गर्थ्यो। यसमा नेपाल रातो र नेपाल निलो भन्ने टिम हुन्थे। १९८४ मै राम्रो खेलाडी भएकाले उनी नेपाल निलोमा परे।

बि .स. २०४२ देखि  २०५५  सम्म राष्ट्रिय टोलीबाट खेलेका  थिए । बि. स. २०५५ को बैंकक एसियाडमा नेपालको  झण्डा  बोक्ने मौका  पाएका थिए । एसियाडमा राष्ट्रिय  झन्डा  बोक्ने उनी एक्ला  फुटबल खेलाडी हुन्  ।  मनाङमर्स्याङदी  क्लबलाई  ए  डिभिजन  लिगको उपाधि समेत जिताएका  उनले बि. स. २०५६ मा फुटबलबाट संन्यास लिए ।

कालधारामा उनकै नामको गल्ली छ, जहाँ उनले हालसालै घर पनि बनाएका थिए । वि.सं. २०२४ साल असार १५ गते आमा स्वर्गीय रेखा शाहको गर्भबाट जन्मिएका हुन् मणी । उनका बुवा स्वर्गीय लक्ष्मणबिक्रम शाह पनि खेलाडी नै थिए । एथ्लेटिक्स, फुटबल र ज्याभलिङ थ्रोका खेलाडी बुवाको सन्तान भएकाले मणी सानो छँदादेखि नै घरमा खेलको वातावरण थियो ।

बुवाकै प्रेरणाले खेलमा लागेका थिए ।  १३ वर्षकै उमेरमा उनले बैंककमा पि्रन्सेस कप खेल्न जान पाएका थिए । सानो बेलादेखि नै उनमा उत्कृष्ट खेल क्षमता थियो । जहाँ जहाँ खेल्न जान्थे सबैलाई प्रभावित पारेर र्फकन्थे । जजसले मणी शाहको खेल हेर्न पाए, उनीहरु सबैले भन्ने गरेको एउटै कुरा हो, ‘मणी जस्तो अर्को फुटबलर नेपालमा छैन ।’ मिलेको पास, डि्रबलिङ र गोल उनको खेलमा जादु नै देखिन्थ्यो । शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान १० बजेदेखि १२ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ ।