२५ जेठमा ‘चंगा’

जेठको २५ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘चंगा’ को  सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच ट्रेलर  सार्वजनिक गरिएको छ ।  यो चलचित्रलाई हाँस्यकलाकार  किशोर भण्डारीले लेखन तथा निर्देशन गरेका छन् ।  कार्यक्रममा चलचित्रका कलाकार र निर्माण टिमको उपस्थित रहेको थियो । ट्रेलरमा कलाकार अंकित खड्का लक्ष्मी वर्देवा र बुद्दि तामाङ देखिएका छन् । ट्रेलरमा प्रेम र पैसाको चक्कर देखाइएको छ ।

बुद्दि तामाङ , कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्र हाँस्य, पारिवारिक तथा सामाजिक चलचित्र भएको निर्देशक किसोर भण्डारीले बताए । उनले चलचित्र वास्तविक कथामा निर्माण भएको खुलाए । किसोरको यो निर्देशनमा डेब्यु चलचित्र हो । निर्देशक भण्डारीले ट्रेलर हेर्दा बच्चा अपरहणको कथा जस्तो लागेपनि सो कथामा चलचित्र नबनेको बताए  ।

कार्यक्रममा कलाकार अंकित खड्काले आफ्नो भूमिका अन्य चलचित्र भनदा फरक रहेको बताए ।  रविन आचार्यको छायाँकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे र रेश्मा तिमल्सिना हुन्  चलचित्र प्रदर्शन मिती २५ जेठ तोकिएको छ ।  चलचित्रमा नवराज उप्रेतीको छायांकन, कविराज गहत्तराजको नृत्य निर्देशन, रविन आचार्यको डीओपी, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ । चलचित्रले २ घन्टा दर्शकलाई पूर्ण मनोरञ्जन दिने निर्माणपक्षको भनाई छ ।