विश्वकप फूटवलको एन्थम सार्वजनिक

काठमाडौं । फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गितको लेखन तथा गायन अमेरिकी पप स्टार जेसन डेरुलोले गरेका छन । उनको यो संगीतले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने आयोजकको दावी छ ।

डेरुलोले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ का लागि कोकाकोला एन्थम रहेको छ ।

भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन् “मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको बिचार गर्दै लेखेको हुँ” यस भिडियोको निर्देशन मायामि हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढीमा गरिएको हो । यस भिडियोमा संसारभरका मानिसहरू आ-आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ ।