सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता: आर्मी पुलिसको अधिपत्त्य

विभागका तीनै टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफको पुरुष तथा महिला टोलीले नकआउट चरणमा स्थान पक्का गरे । पुरुषतर्फ प्रदेश ५ ले प्रदेश ३ लाई २५–१४, २५–१८, २३–२५ को सोझो सेटमा पराजित गर्‍यो । यस्तै प्रदेश ४ ले प्रदेश ७ लाई २५–१४, २५–१६ र २५–१४ को स्कोरमा पन्छायो । आर्मीले प्रदेश ५ लाई २३–२७, २५–१७ र २५–१५ तथा पुलिसले प्रदेश ४ लाई २५–१३, २५–१६ र २५–१८ को स्कोरले पाखा लगाए ।
महिलातर्फको आर्मीले प्रदेश ४ लाई २५–१२, २५–८, २०–२५, २५–१२ को सेटमा पराजित गर्‍यो । प्रदेश ३ ले प्रदेश ७ लाई २५–२३, २५–२१ र २५–१८ को सेटमा हरायो । एपीएफले आर्मीलाई २५–१३, २५–१८ र २५–११ र पुलिसले प्रदेश ३ लाई २५–७, २५–१० र २५–८ को स्कोरले पराजित गरेको हो ।
समूह चरणका खेल समापनसँगै पुरुषतर्फ आर्मी, प्रदेश १, एपिएफ र पुलिस समूह विजेता र प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ६ उपविजेता बन्दै नकआउटमा पुगे । महिलातर्फ आर्मी, पुलिस र एपीएफसँगै प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ५ र प्रदेश ६ अगाडी बढे । पुरुषतर्फ प्रदेश ३ र ७ बाहिरिए भने महिलातर्फ प्रदेश ४ र ७ ले समूह चरण पार गर्न सकेनन् ।
जेठ २ गतेसम्म संचालन हुनेछ । पुरुष महिला दुवै समूहका टिमलाई चार समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भैरहेको छ । प्रतियोगिताका दुवै समूहका विजेता टिमले समान ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५५ लाख खर्च हुनेछ । प्रतियोगिताको पुरुष र महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको सहभागिता रहेको छ ।