जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन

केबीए ग्लोबल जुनी जुनी लाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ को आयोजना गरिने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो । संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप बार्हमा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो । लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन।

पत्रकार सम्मेलनमा गीतकार बिष्णुबाबु देबकोटाले कम्पिटिसनको बारेमा जानकारी गराएका थिए । केबीए ग्लोबल एजुकेसनएण्ड माइग्रेसनका तर्फबाट ग्लोबल हेड तथा कन्ट्री मेनेजर (नेपाल) रोशन क्षेत्रिले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । ६ बर्ष देखि एजुकेसन र माइग्रेसनको सेवा प्रदान गर्दै आएको केबीए ग्लोबलको संसारभर एघार वटा शाखा रहेका छन्।

कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । यो पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको छ ।

कभर संगस कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो पठाउनु पर्ने छ। प्रतियोगीले आफुले गाएको गीत जुनी जुनी लाइ फेसबुक पेजमा पठाउनु पर्ने छ । प्रतियोगीहरुले गीतलाइ एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनको लागि आजै बाट दुइ महिनाको अबधि तोकिएको छ ।

‘केबीए ग्लोबल जुनी जुनीलाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ सहभागीता जनाउने गीतको लिरिकल भिडियो 

https://www.youtube.com/watch?v=FgN6z1o_xXY