एन्जिला गौचनको दोश्रो एल्बम ‘एन्जिला’ भव्य समारोह बिच सार्बजनिक

नेपाली गायनमा २०५६ सालदेखिनै क्रियाशील रहदै आएकी गायिका एन्जिला गौचनले आफ्नो दोश्रो एल्बम ‘एन्जिला’ भव्य समारोह बिच सार्बजनिक गरेकी छिन्।साहित्यकार उषा शेरचन, लोकप्रिय गायिका कुन्ति मोक्तान र मिडियाक्रमी सहेन्द्र श्रेष्ठको आथित्यमा आफ्नो एल्बम सार्बजनिक गरेकी एन्जिलालाई एल्बममा सोहन मानन्धर ,कल्यान सिंह ,राजेश श्रेष्ठ,प्रतिक थापा,बिक्रम थापा,धुर्व थापा,अरुण तिवारी,निर्माण योन्जन,आचार्य प्रभा,प्रमोद शेरचन र उषा शेरचनले शब्द तथा संगीत दिएका छन्।

एल्बममा समावेश सात गीत मध्य ‘ त्यो पहिलो नजर’ बोलको गीतको भिडियो पनि समारोहमा सार्बजनिक गरिएको थियो।भिडियोमा आँचल शर्मा र पासांग योन्जन लामाको अभिनय, सिमा गुरुंगको मेकअप, सागर लोप्चनको कोरियोग्राफ़ी, प्रबिण श्रेष्ठको सम्पादन छ र पासांग योन्जन लामाको निर्देशन छ।समारोहमा एल्बमसंग सम्बन्धित कलाकर्मी, मिडियाक्रमी र एल्जिलाका आफन्तजनको साथमा धेरै अन्य कलाकर्मीहरुको उपस्थिती थियो। कार्यक्रम संचालन नरेश भट्टराईले गरेका थिए। एन्जिला थकाली समुदायकी पहिलो गायिका हुन् ।