पल्सर स्पोर्टस् अवार्ड: क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा राजधानीमा सम्पन्न पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा क्रिकेटले चार विधामा अवार्ड जितेको छ । उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दिप लामिछाने, उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, स्पेसल अवार्डबाट क्रिकेटर करण केसी, उत्कृष्ट पुरुष खेलाडीबाट क्रिकेट कप्तान पारस खड्का सम्मानित भए ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट फुटबलर अशोक केसी सम्मानित भए ।‘पारा एथलिट अफ दि इयर’ बाट हृविलचेयर बास्केटबल तथा हृविलचेयर क्रिकेट टिमका कप्तान हिमाल अर्याल सम्मानित भए । उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी शोभा गौचन भइन् ।पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले बाजी मारे ।