संगीतकार तथा गायक किशोर खतिवडाको निधन

बि.स.२०४३ सालदेखि नेपाली संगीतमा क्रियाशील रहिदै आएका संगीतकार तथा गायक किशोर खतिवडाको अचानक निधन भयो।वीरगंजमा जन्मिएर नेपाली संगीतमा क्रियाशील रहदै आएका किशोरले लामो समय नेपाल प्रहरीमा सेबा गरेका थिए ।अवकाश पश्चात आफ्नो सम्पुर्ण जीवन संगीतमै बिताउने सोचले उनी लागीपर्दै आएका थिए।

सुगर र प्रेसरको बिरामी रहदै आएता पनि उनी जागर साथ संगीत कर्ममा रमाउदै आएका थिए।कमलपोखरीमा हिड्दा हिड्दै शरिरमा असजिलो अनुभब गरेर नजिकैको औषधी पसलमा गएर औषधी किनेर खादै गर्दा त्यहि एक्कासी ढल्न पुगे। तुरुन्त नजिकैको हिमाल अस्पताल पुर्याउदा डक्टरले मृत घोषणा गरिदिए।

मिलनसार , सहयोगी किशोरले नेपाली आधुनिक गीत र भजनमा बिशेष योगदान पुर्याएका छन्। राष्ट्रिय गीतमा पनि उनको बिशेष योगदान रहेको छ।भजन, आधुनिक गीत, राष्ट्रिय गीत गरेर १ दर्जन एल्बम उनका सार्वजनिक भएका छन् ।आमाको माया , हामी नारी, मै खुकुरी अधि सरि, साथी म तिम्रो रगतले जस्ता उनका राष्ट्रिय गीत उत्कृंष्ठ छन् ।

आधुनिक गीतर्फ पनि उनले सयौ गीतमा संगीत र दर्जनौ गीतमा गायन गरेका थिए। आराधना, चन्द्रमा किन , ड्राईभर दाइ, दुई मुटु हाम्रो, किसान , मनभरि माया, सायद तिमीलाई, तिम्रो कसमको,उठाउ माटो आदि गीत उनका छन् । पुराना नयॉ सबै गायक गायिकाले उनको संगीतमा गाएका छन् ।पछिल्लो समयमा गीतकार बि. बि. थापाका गीतमा संगीत गरेर एल्बम बनाउदै थिए।असामयिक निधनले उनको संगीतयात्रा रोकिएको छ। आन्दाजी ५२ वर्षका किशोरले पछिल्लो समय भजन संगीत र गायनमा पनि राम्रो संक्रियता देखाईरहेका थिए ।