सगरमाथाको शिखरमा फुन्जो

चुमनुब्री गाउँपालिका छेकम्पारकी फुन्जो लामाले सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी बिहीबार बिहान ६ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन् । गोरखाको हिमाली भेग चुमभ्यालमीमा हुर्केबढेकी उनलाई सानैदेखि हिमाल आरोहणमा पनि रुचि थियो । उनी हिमालय पथप्रदर्शक, लङलाइन उद्धारक, हिमाल आरोही र खेलाडीको रुपमा पनि परिचित छिन् । अमेरिकाको डेनाली हिमाल आरोहण गरेर हिमाल आरोहणको यात्रा सुरु गरेकी फुन्जोले आधा दर्जन हिमालको सफल आरोहण गरिसकेकी छन् ।

खराब मौसम र अन्य प्राबिधिक कारणले सबैभन्दा छिटो आरोहण गरेर रेकर्ड बनाउन नसके पनि उनी शिखरमा पुगेर आईन । आगामी दिनमा आफ्नो आरोहणयात्रा जारि रहने उनले बताएकी छिन्।हिमाल र आफ्नो सम्बन्ध अटुट रहने उनको धारणा छ।