लाक्पा शेर्पाले सर्वाधिक  सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाइन

लाक्पा शेर्पाले सर्वाधिक  सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन् ।  उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्। शेर्पाले ९ पटक सगरमाथा आरोहण गरेर उक्त रेकर्ड बनाएकी हुन्। ६ पटक सगरमाथा चढेकी अमेरिकी नागरिक मेलिसा आर्मोट रेडले उनलाई दोस्रो नम्बरमा पछ्याइरहेकी छन्। लाक्पा शेर्पाले बि. स. २०५७ मा  पहिलो पटक सगरमाथा चढेकी थिइन्।

उनको ३ सन्तान छन्। एक पटक त उनले सुत्केरी भएको ८ महिनामा नै सगरमाथाको आरोहण गरेकी थिइन्। त्यस्तै, २ महिनाको गर्भवती हुँदा समेत उनले आरोहण गरिन्।उनले अर्को वर्ष दोस्रो अग्लो शिखर माउन्ट केटु आरोहण गर्ने योजना बनाएकी छन्।लाक्पासँगै अर्का नेपाली आरोही कामी रिता शेर्पाले पनि बुधबार धेरै पटक सगरमाथाको सफल आरोहीको विश्वकीर्तिमान राखेका थिए।