कान्तिपुर हाफ म्याराथनको उपाधि कान्छिमाया र हरि रिमाललाई

कान्तिपुर हाफ म्याराथनको उपाधि कान्छिमाया कोजू र हरि रिमालले  जितेका छन् ।  दुवैका विजेताले ५०–५० हजार रुपैयाँ र स्कुटर पाएका छन् । महिला तर्फ दोस्रो सन्तोसी श्रेष्ठ भइन् भने तेस्रो बृन्दा श्रेष्ठ । यस्तै पुरुष तर्फ दोस्रो होमलाल श्रेष्ठ भए भने गजेन्द्र राई तेस्रो बने । ह्विलचियर तर्फको विजेता रामबहादुर तामाङ भए भने दोस्रो प्रेम विक भए ।

उपविजेताले ३०–३० हजार र तेस्रोले २०–२० हजार पाउने छन् । चौथोले १०–१० हजार, पाँचौंले ५–५ हजार र छैटौं हुनेले ३–३ हजार प्राप्त गर्नेछन् । कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट दौड सुरु भएको थियो। त्यसपछि माइतीघर, नयाँ बानेश्वर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर यसै रुटमा फर्केर थापाथलीमै प्रतिस्पर्धा टुंगिएको थियो  ।

च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । गतवर्ष यी दुवै धावक नै च्याम्पियन बनेका थिए । उनीहरुले गतवर्ष रेकर्ड ब्रेक गरेका थिए । कान्छीको यो कान्तिपुर हाफ म्याराथनमा पाँचौ उपाधि हो । कान्छीले यसअघि पहिलो, तेस्रो, चौथो र साँतौ संस्करणमा उपाधि जित्न सफल भएको थियो । पूरुषतर्फ आर्मीकै होमलाल श्रेष्ठले १ घन्टा ९ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दे दोस्रो भए । आर्मीकै जगिन्द्र राईले १ घण्टा १० मिनेट ९ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो स्थान हात पारे । आर्मीकै टीकाराज कट्वाल १ घण्टा १० मिनेट, कल्याण बाँनिया १ घण्टा ११ मिनेट ५६ सेकेण्ड र लाल बहादुर थापा १ घण्टा १२ मिनेट ५७ सेकेण्डका साथ शीर्ष छैटौं स्थान हात पारे ।

धादिङकी सन्तोषी श्रेष्ठले १ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हात पारिन् । एपीएफकी विन्द्रा धनके श्रेष्ठ १ घन्टा २५ मिनेट २३ सेकेन्डसहित तेस्रो भइन् । चन्द्रा बस्नेतले १ घण्टा २७ मिनेट २० सेकेण्डको समय निकाल्दै चौथो स्थान हात पारिन् । आर्मीकी रेसु बस्नेतले १ घन्टा ३० मिनेट १५ सेकेन्डसहित पाँचौ र राजपुरा पचाई १ घण्टा ३१ मिनेट २२ मिनेटसहित छैटो स्थान हात पारे ।

५ किलोमिटरको कर्पोरेट/मिडिया दौडमा अजय तामाङ १७ मिनेट २६।८६ सेकेण्डका साथ पहिलो भए । रुपलाल बुढामगर १७ मिनेट ३९।६१ सेकेण्डका साथ दोस्रो तथा शेर बहादुर थारु १८ मिनेट ३९।१९ सेकेण्डका साथ तेस्रो भए । महिलातर्फ लादेन प्रधान २४ मिनेट ३९ सेकेण्डसहित पहिलो भइन् ।लिना रेग्मी २९ मिनेट ९ सकेण्डका साथ दोस्रो तथा साजल प्रधान २९ मिनेट ४६ सेकेण्डसहित तेस्रो भइन् । दुबै समूहको विजेताले क्याथे ड्रागनको काठमाडौं–हङकङ–काठमाडौंको हवाई टिकट प्राप्त गरे । दोस्रोले काठमाडौं–पोखरा–काठमाडौंको हवाई टिकट र तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरे ।

 

ह्विलचेयरमा पुरुषतर्फ आर्मीका लाल बहादुर तामाङ ३ मिनेट ३३ सेकेण्डसहित पहिलो भए । प्रेम बहादुर बिक ४ मिनेट ३६ सेकेण्डसहित दोस्रो तथा मोहनबादुर बस्नेत ४ मिनेट ४८ सेकेण्डसहित तेस्रो भए । महिलातर्फ लालि तामाङ ५ मिनेट १५ सेकेन्डका साथ पहिलो भइन् । रजनी राई ५ मिनेट २२ सेकेन्डका साथ दोस्रो तथा यामी झाक्री तामाङ ५ मिनेट ५६ सेकेण्डसहित तेस्रो भइन् । दुवै विधाका विजेताले २० हजार, दोस्रो हुने १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।