सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार

आरुघाट  गाउँपालिका ९ आरुटार गोरखाकी  फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । शनिबार बिहान ८ बजेर १० मिनेटमा ८,८४८ मिटर अग्लो चुचुरोमा पाइला टेकेर फर्किएको उनका आफन्तले जानकारी दिए ।

सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो फोटो पत्रकार हुन् । फोटो पत्रकार भएकाले सगरमाथाको बेसक्याम्पदेखि सगरमाथाको चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिलाको फोटो प्रदर्शनी गर्ने लक्ष्य समेत श्रेष्ठले पूरा गरेकी छन् । नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ नेपाल पर्यटन बोर्डको ३ फोटो नेपाल अभियान अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन् ।

पूर्णिमा श्रेष्ठले  सगरमाथाको शिखरमा आमाको तस्बिर राख्ने योजना समेत पूरा  गरेकी छन् । उनी अहिले बेस क्याम्पमा छन्।आफ्नो फेसबुक मार्फत भनेकी छन्-‘आज म जीन्दगीमै पहिलो पटक यती धेरै खुसी छु । एउटा  सपना  पुरा  गरेकी  छु मैले  सगरमाथाको चुचुरो  चुमे  ।  म सम्झिरहेकोछु जसले मलाई यो सपना पुरा गर्न साथ दिनुभयो । हौसला प्रदान गर्नुभयो । चुचुरोबाट ती आत्मीय मनलाई हृदयदेखि नै सम्झिन चाहान्छु ।’