निशा र शरदलाई पुत्रलाभ

क्रिकेटर शरद भेषावकरसँग गएको असार १६ गते लगनगाँठो कसेकी निशा अधिकारीले बिहिबार अमेरिकाको एक अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । उनले फेसबुकमा छोराको एक फोटो सेयर गर्दै सो कुराको जानकारी दिएकी हुन् ।

अमेरिकामा नै उनले छोरालाई जन्म दिएको र आफूहरु निकै खुशी भएको लेखेकी छिन् । निशाले छोराको नाम समेत राखेकी छिन् । उनले छोरा ‘यूभान निशारद’को स्वास्थ्यस्थित राम्रो रहेको समेत बताएकी छिन् ।

उनलाई फेसबुकमा वधाइको ओइरो लागेको छ ।निशा  आमा बनेपछि उनका साथी, कलाकार, तथा समर्थकले खुसी प्रकट गरेका छन् । निशाले परिवारमा नयाँ सदस्य थपिएकामा आफू निकै खुसी भएको बताएकी छन् ।

उनले केही महिनादेखि आफ्नो बढ्दै गरेको पेटको तस्बिर खुबै पोष्ट गर्ने गरेकी थिइन् । निशा गर्भवती भएको केही महिनामै अमेरिका पुगिन् र आफ्ना अनुभवहरु फेसबुकमार्फत शेयर गरिरहेकी थिइन् ।

चलचित्र ‘झ्यानाकुटी’ रिलिजपश्चात निशा अमेरिका लागेकी थिइन् । निशा अमेरिका गएको केही समयपछि शरद पनि उतै लागेका थिए । अमेरिकामा नै सन्तानलाई जन्म दिदा सन्तानले सोझै अमेरिकाको नागरिकता पाउने भएकाले केही कलाकारले यो तरिका अपनाएका छन् ।