प्रमोद खरेलको ‘कयौ गल्ती’ बोलको गीतमा रेजिना उप्रेतीको अभिनय

अम्बिका म्युजिक प्रा.लीले लोकप्रिय गायक प्रमोद खरेलको मिठो स्वरमा ‘कयौ गल्ती’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेको छ । प्रवासमा रहेर नेपाली संगीतलाई असाध्दै माया गर्दै आएका भक्त लुगेंली मगरको जीवन्त संगीत रहेको यो गीतमा गायक प्रमोदले आफ्नो उत्कृष्ठ गायकी देखाएका छन् । उनको स्वरमा निकै राम्रो माधुर्यता रहेको कुरा गीतले पुष्टी गरेको छ।

शब्दकार तोरण बस्नेतले पनि आफु कमजोर गीतकार हैन भन्ने कुरा यहि गीतबाट प्रमाणित गरेका छन् । कुनै समयकी लोकप्रिय नायिका रेजिना उप्रेतीको सशक्त अभिनय यो गीतमा हेर्न सकिन्छ ।  चलचित्र अभिनयमा उनलाई देख्न नपाएको धेरै भएकाले पनि यो गीत श्रोताको लागि बिशेष छ। रेजिना पहिलेभन्दा पनि अझ राम्री बनेर भिडियोमा झुल्केकी छिन् । उनको सौन्दर्य पनि भिडियो बिशेष बनेको छ।

अभिनयमा रेजिनालाई देवराज,सरप्राइज सुबेदी ,चन्द्रिकाले साथ दिएका छन् । सबैको काम तारिफ योग्य छ। मिलन बिक को सम्पादन , सुरज खनालको छायांकन पनि उत्कृष्ठ छ। हरि उदासीले पनि आफ्नो निर्देशकिय क्षमता देखाएका छन् । समग्रमा गीतको भिडियो राम्रो बनेको छ।