“वाद्य-बन्धना” कार्यक्रममा सीतामैंया राजचल

नेपाली संगीतमा आफ्नो बिशेष परिचय बनाईसकेकी सीतामैंया राजचललाई यसपटक सास्कृतिक संस्थानलेआयोजना गरेको “वाद्य – बन्धना ” कार्यक्रममा समेटेको छ।मासिकरुपमा हरेक महिनाको दोस्रो बिहीबार गर्दै आएको श्रृंखलामा यसपटक सीतामैंयाले आफ्नो सानदार प्रस्तुति दिईन ।

सीतामैंयाको एकल सितारवादन कार्यक्रममा उनलाई नरेश प्रजापति(तवला) , दीपेन्द्र बज्राचार्य ( ढोलक,खिन, मादल) , दुर्गा प्रसाद खतिवडा( बाँसुरी ),भगीरथ (अक्टोप्याड), घनबहादुर गुरुंग (बाँसुरी र सहनाई),रोहित सुवेदी(किबोर्ड), आकाश गोर्खाली(बेस गिटार), शिला बिष्ट, विपिन घिमिरे, दिपेन्द्र बज्राचार्य (गायन)सुदेश श्रेष्ठ (ज्याज गीटार) प्रितम राई( तवला र गायन)बिरेन्द्र हमाल(नेपथ्य स्वर) ले साथ दिएका थिए । सबैको प्रस्तुति अब्बल थियो ।

कार्यक्रममा सीताले द फ्याल्सव्याक, रोज गार्डेन , अर्केष्टा कम्पोजिसन, वसन्त धुन, ज्याज रंग फ्युजन, द हिडन लब, र नट्टी माईन्ड नामक धुनहरु पेश गरेकी थिईन ।कार्यक्रममा बिभिन्न संगीतकर्मी र सॉगीत प्रेमीहरुको राम्रो उपस्थिती थियो ।