संगीतकार संघ नेपालको अध्यक्षमा शान्तिराम राई

संगीतकार संघ नेपालको साधारण सभा आगामी दुई वर्षको लागि नयॉ नेतृत्व निर्विरोधरुपमा चयन गरेर सम्पन्न भएको छ। लोकप्रिय संगीतकार शान्तिराम राई संधको नयॉ अध्यक्षको रुपमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्षमा सुनिल मास्के, प्रथम उपाध्यक्षमा महेश खड्का, दुतिय उपाध्यक्षमा चेतन सापकोटा, महासचिबमा पारस मुकारुंग, सचिबमा बसन्त सापकोटा,कोषाध्यक्षमा हरि लम्साल,सदस्यमा मिलन मोक्तान,शशि रावल,राजेश थापा र जेम्स प्रधान निर्वाचित भएका छन् ।
सधारण सभाले महासचिबको वार्षिक प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदन र केहि आवश्यक विधान समशोधन गरेको थियो।

नवनिवार्चित कार्यसमितिका अध्यक्ष शान्तिराम राईले आगामी दिनमा संध अझ वृह्त रुपमा संक्रिय रहेर संगीतकारको हितमा काम गर्दै समग्रमा संगीतकै सेवामा क्रियाशील रहने बताएका छन् ।साधारण सभामा संघका सदस्यहरु तथा विभिन्न सागीतिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो ।