दिदीभाइको एल्बम एकसाथ रिलिज

गायिका कबिता सिवाकोटी र किरण बिमलीले एकसाथ एल्बम निकालेर नेपाली गायनमा झुल्केका छन् । नातामा दिदि भाइ भएपनि रोमान्टिक शैलीमा दुबैले खुलेर गीत गाएका छन् ।

“किरण कविता” र “कविता” नाममा दुई एल्बमलाई आज एक समारोह बिच संगीतकार द्वय बुलुमुकारुंग र शान्तीराम राई अनि चलचित्र कर्मी लय संग्रौलाको आतिंथ्यमा बिमोचन गरियो। समारोहमा तीनवटा गीतको म्युजिक भिडियो पनि देखाईएको थियो । आकर्षक भिडियो बनेकाले दर्शक श्रोता रमाउने सम्भावना पनि देखिन्छ।

दुबैएल्बममा गरेर कुल १५ वटा गीत समावेस छ। मिन गुरुंग, रमेश कडरिया,पुस्कर सुनुवार,गौरव दर्पण,सुलभ घिमिरे,शंकर थापा स्माईलको संगीत रहेको यि एल्बममा किरण के उप्रेती,लिला अनमोल , कृष्ण उदासी सिवाकोटी,सुलभ घिमिरे,डि.पी.खनालका शब्दहरु रहेका छन्। शब्द संगीत दुवै स्तरिय रहेको यी एल्बमलाई भूपाल सिवीकोटीले निर्माण गरेका हुन् । एल्बममा कबितालाई युगल गायनमा भाइ किरण बिमलीको अलवा राजेश पायल राई, प्रमोद खरेलले साथ दिएका छन् ।