“तिमी आयौ” गीत म्युजिक भिडियो सहित सार्वजनिक

लोकप्रिय गायक प्रमोद खरेलको मिठो स्वरमा “तिमी आयौ” बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। मिठो र भावपूर्ण शब्द कर्णप्रिय संगीतको साथमा म्युजिक भिडियो पनि आकर्षक बनेकाले गीतको गरिमा बढेको छ।

गायक प्रमोद खरेल

शब्दकार सरोज पौडेल

संगीतकार डि आर अटु

शब्दकार सरोज पौडेल र संगीतकार डि आर अटुको एउटा गतिलो सिर्जनाको रुपमा यो गीत चिरकालसम्म जीवन्त रहने छ। सरोज अमगाई र सजना सापकोटाको अभिनयले पनि गीतलाई अझ गहन बनाईदिएको छ।

सजना सापकोटा

सरोज अमगाई

अर्जुन पोखरेलको संपादन, जीबन श्रेष्ठको छायांकन पनि तारिफ योग्य छ।निर्देशक जीवन शाहीले पनि गीतलाई निर्देशन गरेर अझ अर्थपुर्ण बनाईदिएका छन् ।

निर्देशक जीवन शाही