अन्जु पन्तको ‘तिम्रा हजार गल्तीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक

विजया गुरुङ्गको शब्द , बिनोद पछाईको संगीत र अन्जु पन्तको स्वर रहेको गीत ‘तिम्रा हजार गल्तीलाई’ को म्युजिक भिडियो सांगीतिक बजारमा आएको छ ।
पछिल्लो समय आफ्नो निर्देशकीय कौशलबाट दर्शकको मन जितेका निर्देशक निशान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । उनलाई क्यामेरामा अर्जुन तिवारीले साथ दिएका छन् भने सम्पादन बिकाश दाहालले गरेका छन् ।

संचिता लुइँटेल/ गीत पछाई

भिडियोमा नेपाली चलचित्रकी नायिका संचिता लुइँटेलको  अभिनय देख्न सकिन्छ । संचितालाइ अभिनयमा जीवन भट्टराई  र  बालकलाकार गीत पछाईले  साथ दिएका छन् ।  एल्बम मोसन अफ लभमा समाबेस “तिम्रा हजार गल्ती” बोलको गीत नवनारी मिडियाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । श्रीमान- श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई सबैको रोजाइ बन्दै गइरहेकी अन्जु पन्तको स्वरमा सुहाएको पनि छ  ।

अन्जु पन्त

विजया  गुरुङ्ग

प्रवासमा रहेर नेपाली गीतिकारितामा कलम चलाउदै आएकी विजया  गुरुङ्गको उत्कृष्ठ लेखनले नेपाली संगीतलाई अझ माथि उकास्ने देखिन्छ। केहि समय पहिले नेपाल आएर आफ्नो पहिलो अल्बम सार्वजनिक गरेर कर्म गर्न उतै पुगेकी विजयाका शब्द मनन योग्य , गहन, र समाजप्रति राम्रो बुझाई रहेका देखिन्छन् । सबै विषयमा कलम चलाए पनि बिशेष त प्रेम पिडा र प्रणय भावका गीतमा उनी अलि बढि खुलेकी देखिन्छिन् ।

बिनोद पछाई

निशान घिमिरे

जीवन भट्टराई