देविका बन्दनाको स्बरमा हिन्दी गीत : ‘अब दिल जरा जरा ‘

लोकप्रिय गायिका देविका बन्दनाको स्बरमा ‘अब दिल जरा जरा ‘ बोलको हिन्दी गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । नेपाली पार्श्व गायनमा राम्रै वर्चस्व राखेर लोकप्रियताको शिखरमा पुगेकी देविकाको स्वरमा हिन्दी गीत श्रोताले पहिलोपटक सुन्ने मौका पाएका छन् । मिठो स्वर र गहकिलो शब्दले यो गीतलाई कर्णप्रिय बनाएको छ।


शब्द सॉगीत युग भुषालको रहेको यो गीतमा पारुल गुलाती र अनुपबिक्रम शाहीले राम्रो अभिनय गरेका छन् ।निसिला शाक्यको कोरियोग्राफ़ी र छायांकन प्रमोद कार्कीको रहेको यो गीतमा विजेश पौडेलको निर्देशन र सम्पादन रहेको छ । भारतिय संगीत कम्पनी भिनसले बजार व्यबस्थापन सम्हालेको यो गीतमा देविका सानदारसंग खुलेकी छिन् ।फोटोग्राफर राजभाइ सुवाल पनि भिडियोमा देखिएका छन् । यो प्रोजेक्टलाई युग भुषालले निमार्ण गरेका हुन्।