कमल र मुनाको युट्युबमा नयाँ सो ‘प्याक सो विथ टु’

चलचित्र निर्देशक कमल एक्चै मगर र कलाकार तथा मोडल मुना कार्कीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘प्याक सो विथ टु’ नामक एक नयाँ कार्यक्रम लिएर आएका छन् । पर्फ्र्मिङ आर्ट क्रिएसनको प्रस्तुति रहेको यो कार्यक्रम जेठ १८, शुक्रबारदेखि युट्युबमार्फत सार्वजनिक गरिएको हो । कलाकार तथा मोडल मुना कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रमलाई चलचित्र निर्देशक कमल एक्चै मगरले निर्देशन गरेका छन् ।


कार्यक्रमको पहिलो एपिसोडमा युवा चलचित्र निर्देशक दीपक ओली र कलाकार तथा रङ्गकर्मी भोला सापकोटासँगको भलाकुसारी हेर्न सकिने छ । युट्युबमार्फत हरेक शुक्रबार साप्ताहिक रुपमा यो कार्यक्रम सार्वजनिक हुनेछ  । पर्फ्र्मिङ आर्ट क्रिएसनको संक्षिप्त नाम ‘प्याक’ र कार्यक्रमको हरेक एपिसोडमा दुई जना अतिथिलाई प्रस्तुत गरिने भएकाले कार्यक्रमको नाम ‘प्याक सो विथ टु’ राखिएको हो ।

कमल एक्चै मगर

मुना कार्की

पछिल्लो समय नेपालमा युट्युबमार्फत थुप्रै किसिमका कार्यक्रम सार्वजनिक हुने गरे पनि कतिपय कार्यक्रम भने अश्लिल र धेरै दर्शक तान्ने उद्देश्यले मात्रै निर्माण गर्ने गरिएको छ । विदेशी युट्युबरहरुले स्तरीय र राम्रा कार्यक्रम निर्माण गर्ने गरे पनि नेपालमा भने युट्युब च्यानलकै लागि भनेर त्यस्ता कार्यक्रम निर्माणको संख्या निकै कम छ । ‘प्याक सो विथ टु’ ले राम्रो र स्तरीय कार्यक्रम हेर्न चाहने युट्युबका नेपाली दर्शकको चाहना पूरा गर्नेछ । कार्यक्रमको प्रस्तुतिसँगै प्राविधिक पक्ष पनि निक्कै राम्रो  छ ।